Dhulikhel Eco Banner new

कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँण निलम्वन हुनसक्ने

4.43K
shares

काठमाडौं, २८ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पार्टीबाट निलम्वन गर्ने÷नगर्ने विषय टुंगो लगाउन आज नेपाली काँग्रेस पदाधिकारी बैठक बस्दैछ ।

बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा दिउँसो २ बजे बस्दैछ । खाँण पक्राउ परेपछि काँग्रेसको पदाधिकारी बैठक बुधबार पनि बसेको थियो । तर, बैठकले खाँणलाई निलम्वन गरेन । अनुसन्धान जारी भएको र निश्कर्षमा पुगि नसकेको हुँदा खाँण विरुद्ध कुनै निर्णय नभएको हो ।

खाँण बुधबार बिहान बौद्धको कुमारीगालस्थित ‘फ्लाट’बाट पक्राउ परेका थिए । उनी विरुद्ध जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थप गरेको छ । उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखिएको छ ।