Dhulikhel Eco Banner new

डलरसँग नेपाली रुपैयाँ थप कमजोर, कुन देशको विनिमयदर कति ?

4K
shares

काठमाडौं, ३० वैशाख । नेपाल राष्ट्र बैंकले शनिबार लागि जारी गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको डलरको भाउ शनिबार पनि बढेको हो ।

नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा पुगेको छ । अघिल्लो दिन डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रपैयाँ ६५ पैसा रहेको थियो । शनिबार पनि पाउण्ड र युरोको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेको पाउण्डको खरिददर १६४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६५ रुपैयाँ १७ पैसा पुगेको छ । शुक्रबार पाउण्डको खरिददर १६४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५२ पैसा रहेको थियो ।

त्यस्तै शनिबार युरोको खरिददर १४३ रुपैयाँ ११ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७७ पैसा पुगेको छ । अघिल्लो दिन युरोको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८० पैसा रहेको थियो ।
राष्ट्र बैंकले शनिबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ १३ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ २३ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६८ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९९ रुपैयाँ ७६ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १ पैसा र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसा रहेको छ ।