Dhulikhel Eco Banner new

नेप्से परिसूचक ३१ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

4.5K
shares

काठमाडौं, ३० वैशाख । यो साता शेयर बजार परिसूतक (नेप्से) ३१ अंक भन्दा बढीले घटेको छ । साताभरको कारोबारमा परिसूचक ३१ दशमलव १४ अंकले घटेको हो । यो गत हप्ताको तुलनामा साढे १ प्रतिशतभन्दा बढीले कमी हो । गत साता १८६९ दशमलव ७३ विन्दुमा बन्द भएको शेयर बजार यो हप्ताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा १.६७ प्रतिशतले घटेर १८३८ दशमलव ५९ विन्दुमा झरेको छ ।

हप्ताभरको ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से ओरालो लागेको थियो भने एक कारोबार दिन मात्रै बजार सकारात्मक रुपमा बन्द भएको थियो । साताको तेस्रो कारोबार दिन मंगलबार सामान्य अंकले बढेको शेयर बजार अन्य दिन भने निरन्तर रुपमा ओरालो लागेको थियो ।

नेप्से परिसूचक सँगै यो हप्ता दैनिक औसत कारोबार रकममा पनि गिरावट आएको छ । गत साता दैनिक औसतमा ७५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यो हप्ता दैनिक औषतमा ६८ करोडको शेयर कारोबार भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ९.९९ प्रतिशत घटेको छ भने दैनिक औसत शेयर संख्या ८.४४ प्रतिशत घटेको छ । त्यस्तै दैनिक औसत कारोबार संख्या ७.५१ प्रतिशत घटेको छ ।

हप्ताभरको कारोबारबाट कुल बजार पुँजीकरण पनि साढे १ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन २७ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस हप्ता ४२ अर्ब रुपैयाँले घटेर २६ खर्ब ८२ अर्बमा सीमित भएको छ ।

साताभरको कारोबारमा १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.११ प्रतिशत बढेको छ । गत साता ४३४७.७७ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता ४८.१४ अंक बढेर ४३९५.९१ विन्दुमा पुगेको छ । कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस साता सर्वाधिक ३.१६ प्रतिशत घटेको छ । अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १८५.१९ अंक घटेको छ ।