१० जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०८० वैशाख ३१ आइतवार १७:२९
4.64K
shares
shares

काठमाडौं, ३१ वैशाख । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ८४४ नमुना मध्ये २२३ जनाको पीसीआर परीक्षण गर्दा ६ जना र ६२१ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १० जनामा कोरोना देखिएको हो ।
यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १२० पुगेको छ भने संस्थागत आइशोलेशनमा १० जना, आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।



















