Dhulikhel Eco Banner new

राष्ट्र बैंकको हस्तक्षेपका कारण आधारदर बढ्न पाएन : डेपुटी गभर्नर मिश्र

4.46K
shares

काठमाडौं, २ जेठ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबाहादुर मिश्रले राष्ट्र बैंकले लिएको नीतिका कारण बैंकको आधारदर बढ्न नपाएको बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा डेपुटी गभर्नर मिश्रले केन्द्रीय बैंकले हस्तक्षेपकारी नीति लिएका कारण आधारदर बढ्न नपाएको बताएका हुन् ।

‘राष्ट्र बैंकले सजकतापूर्वक खुकुलो र आवश्यकताअनुसार कसिलो नीति लिएका कारण बैंकको आधारदर अहिलेको अवस्थामा रहेको हो । यस्तो नगरेको भए आधारदर १८ प्रतिशत पुग्थ्यो,’ उनले भने । अहिले बजारमा अवस्था सहज हुँदै जानुमा पनि राष्ट्र बैंकको लचिलो नीतिका कारण सम्भव भएको उनको भनाइ थियो ।

केन्द्रीय बैंकले आधार दर घटेअनुसार ब्याजदर घटाउन निर्देशन दिएको पनि उनले बताए । आगामी दिनमा ब्याजदर घट्दै जाने पनि उनको भनाइ छ ।