Dhulikhel Eco Banner new

सरकारले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने

5.64K
shares

काठमाडौं, ५ जेठ । सरकारले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रममा गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिलाई छानबिनको दायरामा ल्याइने बताएका हुन् ।

नीति तथा कार्यक्रममा भनिएको छ ‘ उच्च पदस्थ लगायत जोकोहीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिलाई छानविनको दायरामा ल्याइनेछ । संवैधानिक निकायको संस्थागत सुदृढीकरण गरिनेछ । ’

संवैधानिक आयोगका सिफारिसलाई कार्यान्वयन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।