Dhulikhel Eco Banner new

डलर र पाउण्डको मूल्य बढ्यो, युरोको घट्यो

4.26K
shares

काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकले शनिबार लागि जारी गरेको विदेशी विनिमयदर अनुसार डलर र पाउण्डको मूल्य बढेको छ भने युरोको मूल्य भने घटेको छ । अघिल्लो दिन समेत बढेको डलर र पाउण्डको मूल्य शनिबार पनि बढेको हो । युरोको मूल्य भने आज सामान्य घटेको छ ।

नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा पुगेको छ । अघिल्लो दिन डलरको खरिददर १३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा रहेको थियो । त्यस्तै शनिबार पाउण्डको मूल्य पनि बढेको छ । आज पाउण्डको खरिददर १६४ रुपैयाँ १ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७५ पैसा पुगेको छ ।

अघिल्लो दिन पाउण्डको खरिददर १६३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७२ पैसा रहेको थियो । शनिबार युरोको मूल्य भने सामान्य घटेको छ । आज युरोको खरिददर १४२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा रहेको छ । अघिल्लो दिन युरोको खरिददर १४२ रुपैयाँ ६२ पैसा र बिक्रिदर १४३ रुपैयाँ २७ पैसा रहेको थियो ।

त्यस्तै राष्ट्र बैंकले शनिबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३६ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ १० पैसा र बिक्रीमा ९८ रुपैयाँ ५५ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३८ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३६ रुपैयाँ १० पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ८ पैसा र बिक्रीदर २९ रुपैयाँ २१ पैसा रहेको छ ।

डलरको मूल्य बढ्दा नेपालले तिर्नु पर्ने विदेशी ऋणको साँवा र व्याज तथा आयात गर्नु पर्ने वस्तुका लागि बढी रकम खर्च पर्ने हुन्छ । जसको प्रभाव नेपालीको भान्सामै पर्ने अर्थविद्हरुको भनाइ छ ।