Dhulikhel Eco Banner new

‘रेमिटेन्स’को भर पर्दा अर्थ व्यवस्था कमजोर बन्यो : उपसभामुख मगर

6.08K
shares

काठमाडौं, ६ जेठ। प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा राना मगरले ‘रेमिटेन्स’मा मात्रै भर पर्दा मुलुकको आर्थिक अवस्था नाजुक भएर जाने बताएकी छिन् । जर्मनमा भएको राइज डब्ल्यूटिओमा सहभागिपछि नेपाल फर्किएकी उपसभामुख रानाले मुलुकमा भएका उत्पादन निर्यात गर्नेतर्फ गहन ढंगले सोच्नु पर्ने बताएकी हुन् ।

‘रेमिटेन्समा मात्रै भर परेर बस्ने हो भने देशको आर्थिक अवस्था नाजुक भएर जाने छ । देशमा भएका उत्पानहरुको निर्यात कसरी बढाउने भन्ने बिषयमा गहन ढंगले सोच्नु पर्ने देखिएको छ,’ उनले भनिन् ।
देशले उत्पादन बढाउन नसक्नु नै ठूलो कमजोरी भएको उनले भेटका क्रममा बताईन् ।