कमेडियन तथा दोहोरि गायक नवराज काप्रीको ‘धादिङ नुवाकोट’ बोलको गीत सार्वजनिक
वि.सं.२०८० जेठ २१ आइतवार १०:२९
shares

काठमाडौं, २१ जेठ । कमेडियन तथा दोहोरि गायक नवराज काप्रिको धादिङ नुवाकोट बोलको गीत सार्वजनिक भएको छ । टिकटकबाट चर्चा कमाएसंगै सागिंतिक क्षेत्रमा लागेका काप्रीको गित जेठ १५ गते उनको आफ्नै युट्युब च्यानल ‘नवराज काप्री धादिङे् भाले’ बाट सार्वजनिक भएको हो ।
काप्रिको शब्द र संगीत रहेको धदिङ नुवाकोट बोलको गीतले अहिले फेसबुकको रिल्स देखि टिकटकलाई समेत तताइरहेको छ । उक्त गीतमा एक प्रेममा रहेका जोडिको भाव व्यक्त गर्न खोजिएको छ ।
गीतमा नवराज काप्री र सुशिला थापाको सुमधुर आवाज रहेको छ भने भिडियोमा दिपेन्द्र काप्रिको निर्देशन, छायांकन समिर रम्दमको रहेको छ भने सम्पादन पनि समिर रम्दम को नै रहेको छ ।



















