Dhulikhel Eco Banner new

लगानीकर्ता र अर्थमन्त्रीसंगको वार्ता सकारात्मकसंगै सुधार हुँदै शेयर बजार

5.46K
shares

काठमाडौं, २१ जेठ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत ल्याइएको नयाँ कर नीतिको पुँजीबजारका लगानीकर्ताले विरोध गरेका थिए । सरकारले ल्याएको आयकर बढाउने नीतिलाई स्वीकार्न नसकिने भन्दै आन्दोलन थालेका उनीहरुले आज काठमाडौंमा रहेका सबै ब्रोकर कम्पनीहरु तालाबन्दी गरेका थिए ।

तालाबन्दी पछि अर्थमन्त्रालयले उनीहरुलाई वार्ताका लागि अर्थमन्त्रालय बोलाइएको र अर्थमन्त्रीसंगको वार्ता सकारात्मक रहेको शेयर लगानीकर्ता तिलक कोइरालाको भनाई छ ।

त्यससंगै आज शेयर बजारमा हरियाली देखिएको छ । आइतबार मध्यान्न १२ बजेसम्म शेयर बजार २ दशमलव ८९ अंकले बढेको छ । २ अंकले बढेको शेयर बजार परिसूचक १८६९ विन्दुमा पुगेको छ ।
आइतबार ४४ कम्पनीका ५ हजार ४४८ कित्ता शेयर किनबेच हुँदा २० लाख १३ हजार ९४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।