सरकारले बजेटमा दुर्गम क्षेत्रलाई हेपेको सांसद कुवँरको गुनासो
वि.सं.२०८० जेठ २४ बुधवार १४:०५
shares

काठमाडौं, २४ जेठ । सांसद शेर बहादुर कुवँरले बजेटले सुदूरपश्चिमलाई हेपेको गुनासो गरेका छन् । संसदमा सरकारले ल्याएको बजेटमाथिको छलफलमा भाग दिँदै उनले सरकारले यसअघि नै गरेका कतिपय सहमति समेत वेवास्ता गर्दै बजेट बनाएको आरोप लगाए ।
नीति तथा कार्यक्रममा आएका विषय समेत बजेटमा छुटाइएको भन्दै उनले असहमति प्रकट गरे ।गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सहमति विपरित सरकारले प्रतिष्ठानको कुरा ल्याएको भन्दै उनले अस्पतालमा वेडको संख्या पनि सहमति विपरित घटाइएको भन्दै त्यहाँको जनता आन्दोलनमा रहेको बताए ।
त्यस्तै अघिल्लो बर्षको भन्दा यसपटक घटाइएको भन्दै उनले आपत्ति जनाए । उनले भने ‘४० वटा जिल्लामा मात्रै अधिकासं बजेट हालिएको भन्ने कुरा बाहिर आएको त्यो कुरा सत्य नहोस’ उनले भने ।



















