Dhulikhel Eco Banner new

बजेटका कमजोरी सुधार्न सरकारलाई सांसद थापाको आग्रह

4.56K
shares

काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले बजेटका कमजोरी सुर्धानु पर्ने बताएका छन् । आइतवार प्रतिनिधिसभामा सरकारले, ल्याएको आर्थिक वर्ष २०८०÷८१ को बजेट माथि आफ्नो धारणा राख्दै उनले बजेटलाई कार्यान्वयन गरेर अगाडी बढ्नको लागि सरकारले आफ्नो कमीकमजोरी स्वीकार्न आवश्यक रहेको बताए ।

‘बजेट प्रस्तुत भईसकेपछि अवास्तविक भन्ने कुरालाई मनमा लागे पनि होईन भन्नु पर्ने स्थिती हुन्छ । तर यसलाई कार्यन्वयन गरेर परिणाम ल्याउने हो भने यो अवास्तविक छ भन्ने कुरालाई स्विकार्नु पर्छ ।’ उनले भने ‘यसको आकार यत्रो हुनै सक्दैनथ्यो तर नसक्दा नसक्दै पनि आकार यत्रो बनाईयो भन्ने कुरा मानेर बजेटको कार्यान्वयन गर्न सकियो भने काम गर्न सकिन्छ ।’

अवास्ताविक बजेटको आकारलाई बोकेर हिड्ने हो भने अगाडी बढ्न नसक्ने भन्दै उनले सरकारले प्रभावकारी ढंगले काम गर्नु पर्ने बताए ।