शेयर बजारमा हरियाली, कारोबार रकम ५ अर्ब माथि
वि.सं.२०८० जेठ ३१ बुधवार १५:२२
5.77K
shares
shares

काठमाडौं, ३१ जेठ । आज शेयर बजारमा १६ अंकको सुधार भएको छ । आज १६ दशमलव ४२ अंकको सुधार आएर शेयर बजार परिसूचक २०३७ दशमलव ०६ विन्दुमा पुगेको छ ।
बुधबार २७५ अकम्पनीका १ करोड २५ लाख १ हजार ४४० कित्ता शेयर खरिद बिक्री हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको कारोबार भएको छ ।
आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ३ दशमलव ८२ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३८३ दशमलव ६९ विन्दुमा पुगेको छ ।



















