बजेटको नाममा पक्षपात र ठालूतन्त्रको अभ्यास भयो : एमाले सांसद थापा
वि.सं.२०८० असार १ शुक्रवार १३:४५
shares

काठमाडौं, १ असार । नेकपा एमालेका सांसद सूर्य थापाले गठबन्धनको नाममा बजेटमा संविधान विपरीत काम गरेको आरोप लगाएका छन् ।
शुक्रवार प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफलमा सांसद थापाले भौतिक पूर्वाधार मन्त्रालयमा रकम एकमुष्ट नखुलाई नेताहरूको नाममा नेतापिच्छे बजेट परेको बताए ।
उनले भने गठबन्धनको नाममा संविधान विपरीत काम गर्न पाइन्छ की पाइँदैन रु यस्ता विषय र धेरै विषयहरूको लागि बजेट विनियोजन खास गरी भौतिक मन्त्रालयहरूमा एकमुष्ट शीर्षक नखुलेका एकमुष्ट रकमहरू छुट्याउने, नेता पिच्छे नेताहरूको नाममा २ पेजसम्मको कार्यक्रम परेको छ ।
अझ बजेट नछुट्टाएको एकमुष्ट विनियोजन गर्ने र राख्ने सांसदलाई छलेर संसद्को आँखामा छारो हालेर आफू खुसी आफ्नो निर्वाचन क्षेत्रमा स्वार्थको योजनाहरूमा बजेट छुट्याउने जुन खालको रवैया छ यस्तो रवैया खेदजनक छ यो लोकतान्त्रिक होईन् ।
यो कुलिनतन्त्रलाई बिर्साउने यो ठालूतन्त्र मुर्दावाद भन्न चाहन्छु । बजेटको नाममा जुनखालको पक्षपात र ठालूतन्त्रको अभ्यास भईरहको छ यसलाई सच्चाईयोस ।



















