Dhulikhel Eco Banner new

२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

5.79K
shares

काठमाडौं, ३ असार । नेपाली बजारमा  आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रवार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सयले बढेर १ लाख १२ हजार रुपैयाँमा कारोवार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै, तेजावी सुनको मूल्य शुक्रवार प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने आज १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा पुगेको छ ।

यस्तै आज, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।