Dhulikhel Eco Banner new

कानून व्यवसायीहरु आन्दोलित : अब भ्रष्टाचारीलाई कसैले बचाउन सक्दैन

5.06K
shares

काठमाडौं, १८ असार । कानून व्यवसायीहरुले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन गरेका छन् । सोमबार जिल्ला अदालत ललितपुरका नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीचको विवादपछि हात हालाहाल भएको घटनालाई लिएर कानून व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

आइतबार नै नेपाल बार एशोसिएशनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो । सोही अनुसार आज उनीहरुले आन्दोलन गरेका हुन् ।

विरोध प्रर्दशनमा नेपाल बार एशोसिएशनमा अध्यक्ष गोपाल प्रसाद घिमिरेले भ्रष्ट्राचार गर्ने घुस खोरविरुद्धको अन्दोलन भएकाले खुस नखाने न्यायाधीश र कर्मचारीहरू नडराउन र नआत्तिन आग्रह गरे ।

उनले भने,‘यो अभियान एक दुईजना कर्मचारीको विरुद्ध होईन् अदालतका न्यायाधीश विरुद्धको आन्दोलन पनि होईन् ।यो भ्रष्ट्राचार गर्ने घुस खोरविरुद्धको अभियान हो, देशभरका अदालतमा काम गर्ने इमानदार न्यायाधीश र कर्मचारीहरू तापाईहरुको विरुद्ध यो आन्दोलन नभएकाले हाम्रो अभियानबाट डराउनु पर्दैन ।