शेयर बजारमा केही सुधार, कारोबार रकममा भने भारी गिरावट
वि.सं.२०८० असार १९ मंगलवार १५:१०
6.32K
shares
shares

काठमाडौं, असार । पछिल्लो समय लगातार रुपमा ओरालो लागेको शेयर बजारमा आज केहि सुधार भएको छ । आज शेयर बजारमा १२ अंकको सुधार आएको छ । आज १२ दशमलव ७३ अंकले सुधार आएर शेयर बजार परिसूचक २०८८ दशमलव ७० विन्दुमा पुगेको छ ।
मंगलबार २८२ कम्पनीका ६४ लाख ५० हजार ९३४ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज २ दशमलव २८ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३८८ दशमलव ६२ विन्दुमा पुगेको छ ।



















