Dhulikhel Eco Banner new

आइतबारको बिदा तत्कालै हट्दैन : मन्त्री कार्की

7.25K
shares

काठमाडौं, ८ जेठ । सातामा दुई दिन बिदा दिने निर्णयबारे पुनर्विचारको चर्चा चलिरहेका बेला सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भने यस विषयमा अहिले कुने छलफल नभएको बताएका छन् । आइतबार केटिएम भ्वाइस डटकमसँगको कुराकानीमा सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका सरकारका प्रवक्ता कार्कीले यस्तो बताएका हुन् ।

‘बाहिर चर्चा चले पनि यस विषयमा कुनै छलफल नै भएको छैन’ उनले भने, ‘बाहिर के कस्ता कुराहरु आए ति सही होइनन् ।’ पछिल्लो समय बढ्दो आयातका कारण अर्थतन्त्र दवावमा छ । शोधानान्तर अवस्था इतिहासकै उच्च छ भने विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्था छ ।

इन्धनको उपयोग घटाउन सकिन्छ कि भनेर सरकारले साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । सातामा दुई दिन बिदा दिए पनि इन्धनको खपत नघट्ने आवाज पनि उठिरहेको छ । यसले गर्दा सरकारले तत्कालै पुनर्बिचार गर्ने चर्चा चले पनि सञ्चारमन्त्री कार्कीले कुनै छलफल नभएको बताएका हुन् ।