Dhulikhel Eco Banner new

शेयर बजारमा सुधार, कारोबार रकम ४ अर्ब ३७ करोड

9.19K
shares

काठमाडौं, ७ साउन । कारोबारको पहिलो दिन शेयर बजारमा सुधार आएको छ । आज शेयर बजारमा ६३ अंकको सुधार आएको छ । हाज ६३ दशमलव ६४ अंकले सुधार आएर शेयर बजार परिसूचक २२२७ दशमलव १६ अंकमा पुगेको छ ।

आइतबार २६६ कम्पनीका १२ लाख २ हजार ३०८ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि भारि अंकले सुधार भएको छ । आज १४ दशमलव ४१ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ४२४ दशमलव ९३ विन्दुमा पुगेको छ ।