Dhulikhel Eco Banner new

८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

5.5K
shares

काठमाडौं, ११ साउन । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुनको कारोबार १ लाख १२ हजार ७ सय रुपैयाँ प्रतितोलामा भइरहेको थियो । आज तेजाबी सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ९ सय ५० रुपैयाँमा भइरहेको छ । हिजो तेजाबी सुनको मूल्य १ लाख १२ हजार १ सय ५० रुपैयाँ थियो ।

यस्तै, आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँ थियो ।