Dhulikhel Eco Banner new

रविले चितवनमा सुरु गरे महिलाहरुका लागि निशुल्क ‘ब्लु बस’, ज्ञानेन्द्रले क्रिकेटबाट सन्यासदेखि हराएका बालक फेला परेकोसम्म

4.85K
shares

काठमाडौं, २० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा महिलाका लागि निःशुल्क बस सेवा सुरु गरेका छन् । आफू उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा निर्वाचित भएको १०० दिन पुगेको अवसरमा लामिछानेले यो बस सेवा सुरु गरेका हुन् । निलो रंगका बसहरूले दिने सेवालाई ‘ब्लू बस सेवा’ भनिएको छ । लामिछानेले आज आफैँ यात्रा गरेर सो बस सेवाको उद्घाटन गरेका छन् ।

सार्वजनिक बसहरूलाई भाडामा लिएर यो सेवा सुरु गरिएको हो । यी बसहरू भरतपुर महानगरका विभिन्न रुटहरूम चल्नेछन् । यो सेवा प्रयोग गर्ने महिलाले सेवा कार्ड लिनुपर्ने छ ।

पहिलोपटक ५ सय महिलाले यो कार्ड लिएका छन् । बसमा कार्ड रिडिङ मेसिन जोडिएको छ । यो कार्ड रास्वपाले वितरण गरेको हो, जसमा लामिछानेको तस्वीर राखिएको छ । रास्वपाले भाडामा बसहरूले लिएर निःशुल्क सेवा दिएपछि सो भाडा कसरी भुक्तान गर्छ त्यो भने खुलाइएको छैन । भाडा तिर्नेकुरा नखुलाइएको अहिले लामिछानेको चौतर्फि विरोध भइरहेको छ ।
ण्ण्
ज्ञानेन्द्र मल्लले लिए क्रिकेटबाट सन्न्यास, पत्रकार सम्मेलनमा भक्कानिए
क्रिकेटर ज्ञानेन्द्र मल्लले खेलाडी जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । गत शुक्रबार एक पत्रकार सम्मेलन आयोजनामा भावुक बन्दै उनले सन्न्यास घोषणा गरेका हुन् । ज्ञानेन्द्रले अब आफ्नो नयाँ यात्रा प्रारम्भ भएको बताए । आफ्नो क्रिकेट करिअरबाट सन्तुष्ट रहेको उनको भनाइ छ ।

ज्ञानेन्द्रले पत्रकार सम्मेलनमा आफ्नी पत्नीबाट निकै साथ पाएको बताएका छन् उनले आफ्नी छोरीलाई पनि सम्झिएँका छन् । छोरीका नाम लिँदा उनको गला अवरुद्ध भएको थियो ।
राष्ट्रिय खेलाडी भएपछि आफूले पूर्णरुपमा योगदान दिन नसक्दा बसिरहनु ठिक नहने सोचेको उनले बताए ।

सामाखुसीबाट हराएका बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो
भारी वर्षापछि आएको बाढीका कारण काठमाडौंको सामाखुशी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव बिहीबार दक्षिणकालीस्थित बागमती किनारमा फेला परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बिहीबार बागमती किनारमा उनको शव फेला परेको जानकारी दिए । यही साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो । त्यसपछि लगातार खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेकामा बिहीबार ११ दिनपछि शव फेला परेको उनले बताए ।

निर्दोष लाल बहादुर बिक जेल मुक्त
मालिकको ठगि धन्दामा फसेका इटहरीका लालबहादुर बिकलाई ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले निर्दोष ठहर गरेको छ । सुनसरी जिल्ला अदालतले मतियारको रूपमा दोषी ठहर्याएको आदेशलाई उल्ट्याउदै विश्वकर्मालाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो । उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश ‘उल्टि’ गरेको हो । तरहरास्थित सिंहदेवी ज्वेलर्सका मालिक दीपक गजमेरको आदेशअनुसार मजदुरको रूपमा काम गरिरहेका लालबहादुरबाट जिल्ला अदालतले ३ करोड १४ लाख भन्दा बढी जरिवाना र १८ महिना जेल सजाय तोकेको थियो ।

जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै लाल बहादुरले उच्च अदालतमा पुनरावेदन गराएका थिए। उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेको मुद्दामा मंगलबार फैसला भएको हो।

उच्चको आदेश संगै विश्वकर्मा बुधबार कारागार मुक्त हुनेछन् । क्षेत्रीय कारागार झुम्कामा कैदीबन्दीको रुपमा रहेका विश्वकर्मालाई प्रक्रिया पूरा गरि बुधबार छोड्ने कारागार कार्यलयले जनाएको छ ।
शुरुवाती चरणदेखि नै यस मुद्धालाई उठान गरेका विकल्प खबरका पत्रकार सविन घिमिरे अहिले उच्च अदालत विराटनगरमा लाल बहादुरलाई छुटाउनको लागि पत्र कुरिरहेका छन् ।