Dhulikhel Eco Banner new

लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, चुक्ता पुँजी २१ अर्ब ६७ करोड

7.06K
shares

काठमाडौं, २१ साउन । हालै मर्ज भएको लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको नाफा ४९.४५ प्रतिशतले बढेर २ अर्ब २६ करोड १८ लाख ८९ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० को मा बैंकको नाफा १ अर्ब ५१ करोड ३४ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापुँजी २१ अर्ब ६७ करोड २ लाख ३८ हजार रुपैयाँ छ भने बैंकको जगेडा कोष १४ अर्ब ५ लाख ६८ हजार रुपैयाँ रहेको छ ।