वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम समुद्घाटन (फोटो-फिचर)
वि.सं.२०८० भदौ १० आइतवार १९:४९
shares

काठमाडौं, १० भदौ । नेपाल टेलिभिजबाट प्रसारण हुँने कार्यक्रम आज (आइतबार) उद्घाटन भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रम उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका अधिकारी,विभिन्न बैंक तथा वित्तीय संस्थाका अधिकारीहरुको उपस्थिती रहेको थियो ।
वित्तिय साक्षरता कार्यक्रम संयोजक एवं कार्यक्रमका सभापति रोयल आचार्यले नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७ः२५ मा कार्यक्रम प्रशारण हुने बताउदै कार्यक्रमा दुईवटा खण्ड हुने जानकारी दिए । पहिलो खण्डमा गाउँ गाउँ गएर वित्तिय साक्षरता अवस्थाबारे बुझ्ने बुझाउने र रिपोर्टलाई प्रशारण गर्ने जानकारी दिए । त्यस्तै दोस्रो खण्डमा नेपाल राष्ट्र बैंकका अधिकारी, बैंकर तथा बैंकिङ क्षेत्रका विज्ञसंग वित्तिय साक्षरतासंग सम्बन्धी कुराकानी प्रस्तुत गर्ने जानकारी दिए । हेर्नुस् तस्बिर : 



























