Dhulikhel Eco Banner new

बाराही सेदी लिमिटेडले ११ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने

7.79K
shares

काठमाडौं । पोखराको लेकसाइडमा पाँचतारे होटल बनाइरहेको बाराही सेदी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब १६ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँ बरावरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो, जहाँ उक्त होटेलले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

होटलले आईपीओ निष्कासनका लागि विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।

हाल करीब ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको उक्त होटल सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तीव्रगतिमा निर्माण भइरहेको छ ।