Dhulikhel Eco Banner new

सुन तस्करी प्रकरणमा महराले गरे आत्मसर्मपण

15.68K
shares

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले सिआइबीमा आत्मसमर्पण गरेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुलले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा  बुधबार आत्मसमर्पण गरेका हुन्।

तस्करी गरेर ल्याएको सुन छुटाउनका राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो ।

राहुलले बुधबार सामाजिक सञ्जाल फेशबुकमा सिआइबीलाई अनुसन्धानमा सहजीकरण गर्न स्वयं उपस्थित भएकाे लेखेका छन् ।

‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स शैलीमा मिडिया ट्रायल गरी हामीमाथि पहिलो छ्याप्ने कोसिस भएकाले स्वयम् सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजीकरण गर्दैछु । नबिराउनु, नडराउनु’, राहुलले फेसबुकमा लेखेका छन् ।