Dhulikhel Eco Banner new

सन नेपाल लाइफको आईपीओ सर्वसाधरणमा बाँडफाँड

6.07K
shares

काठमाडौं, १५ भदौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधरणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले साउन २५ देखि भदौको ५ गतेसम्म जारी गरेको आइपीओ आज शुक्रबार बाँडफाँड गरेको हो ।

कम्पनीको जारी पूँजी ३ अर्ब २० करोडको ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता निष्काशन तथा बाँडफाँड गरी बाँकी रहेको ७६ लाख ८० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्रि खुला गरेको हो ।

सर्वसाधारणका लागि छुट्याईएको शेयरका लागि १४ लाख ६६ हजार ८६२ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्यमवाट ७ लाख ६८ हजार जना सफल आवेदनकर्ता छनौट गरी प्रत्येक सफल आवेदनकर्तालाई न्युनतम १० कित्ताका दरले ७६ लाख ८० हजार कित्ता शेयर बाँडफाँड गरिएको छ ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पुर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।