Dhulikhel Eco Banner new

नेपालको विकास कृषिबाटै सम्भव छ : राजेश हमाल

5.06K
shares

काठमाडौं, १४ भदौ । नायक राजेश हमालले नेपालको विकास कृषिबाटै सम्भव हुने बताएका छन् । व्यवसायिक कृषि सँगै कृषि क्रान्ति अबको आवश्यकता भएको उनको भनाई थियो ।

रियालिटी शो ‘रेभुलेस्नरी एग्रिकल्चर वार’का माष्टर होष्ट हमालले तीन दशक लामो अभिनय यात्रामा कयौंपटक किसानको भूमिकामा देखिएको भन्दै किसानको वास्तविक क्रान्तिमा सहभागी हुन पाएकोमा भन्दै खुसी ब्यक्त गरे ।

विभिन्न तहमा बसेर कृषि क्रान्तिका गफ गर्नेहरुको कुरा सुनेको धारणा राख्दै उनले कार्यक्रम मार्फत वास्तवमै कृषि क्रान्तिको परिभाषा परिवर्तन हुने दाबी गरे ।

यो कार्यक्रमबाट आम समाजले कृषकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनेमा आफु आशावादी रहेको हमालको भनाई थियो ।

इ. स्क्वायर प्राइभेट लिमिटेडले आयोजना गर्न लागेको गेम रियालिटि शो ‘रेभुलेस्नरी एग्रिकल्चर वार’ कार्यक्रममा शोमा दुई किसिमका प्रतिस्पर्धी सहभागी हुने जानकारी आयोजक संस्थाले दिएको छ ।
कार्यक्रममा शोका सर्जक एवम् निर्देशक शैलेश कँडेल क्षेत्री, मास्टर होस्ट राजेश हमाल, ग्राण्ड जज का रुपमा डा. योगेन्द्र कुमार कार्की र डा. नम्रता पाण्डे रहेका छन् ।