१० करोडमा तयार भयो दिपक–दिपाको सिनेमा हल
वि.सं.२०८० भदौ १५ शुक्रवार १७:२१
shares

काठमाडौं, १५ भदौ । कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा काठमाडौंको नयाँ बाँनेश्वरमा नयाँ सिनेमा हल तयार भएको छ । आउदो भदौ २१ गतेबाट साहरुख खान अभिनित चलचित्र ‘जवान’ रिलिजसँगै यो हल सञ्चालन हुने भएको छ ।
१० करोड लगानी रहेको २ पर्दा भएको यो हलमा कुल ४ सय दर्शकले फिल्म हेर्न सक्छन् । एनबी सेन्टरको पाँचौ र छैटौं तलामा यो हल तयार भएको छ ।
अत्याधुनिक एटमस साउण्ड जडान गरिएको दुबै हलमा थ्री डी फिल्म पनि हेर्न मिल्नेछ । यो हलको व्यवस्थापन भने आइएनआईले गर्नेछ । दीपकले यो हलमा नेपाली फिल्मलाई नै प्राथमिकता दिने बताएका छन् । ् ।



















