Dhulikhel Eco Banner new

रिशिका जालानको चित्रकला प्रदर्शनी उद्घाटन

9.93K
shares

काठमाडौं, १७ भदौ । नेपाल चेम्वर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्वरको सहकार्यमा सिदार्थ आर्ट ग्यालेरी बबरमहलमा आयोजना हुने चित्रकला प्रदर्शनी उद्घाटन गरिएको छ ।

नेपाल महिला चेम्वरको सदस्य तथा कलाकार रिशिका जालानबाट तयार गरिएको चीत्रकला प्रदर्शनीको नेपाल महिला आयोगका सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले उद्घाटन गरिन् ।

चित्रकलाले मानवीय संवेग तथा सामाजिक रुपान्तरणको लागि सन्देश प्रवाहित गर्ने भएकोले यसको महत्व रहेको खतिवडाले बताइन् । महिला आयोगले महिला कलाकारको क्षमता बिकासका निमित्त बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेको वताउदै उनले जानकारी दिइन् ।

जालानद्वारा प्रदर्शित उनको चौथो संस्करणका चीत्रकला प्रदर्शनीको सफलताको कामना पनि गरिन् । उक्त अवसरमा नेपाल महिला चेम्वरका महासचिव लिमा अधिकारी तथा कला प्रेमीहरुको उपस्थित रहेको थियो ।