प्रहरीले असभ्य व्यवहार गर्याे : सचिवालय
वि.सं.२०८० भदौ १७ आइतवार १८:१८
shares

काठमाडौं, १७ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निजी सचिवालयले ट्राफिक प्रहरीले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि चेकजाँचका नाममा अनावश्यक केरकार गरिएको बताएको छ ।
बालेनको स्वकीय सचिवालयका अनुसार बालेन दम्पतीका शिशु (मेडिसिटी अस्पताल) एनआईसीयूमा उपचाररत छन् । शनिबार साँझ बालेनकी पत्नी सविनाको स्वास्थ्यमा जटिलता देखिएपछि बालेनले चढ्ने महानगरको गाडीमा अस्पताल गएकी थिइन् ।
आफ्नो स्वास्थ्य परीक्षण गर्नुका साथै शिशुलाई स्तनपान गराएर घर फर्किँदा सविना चढेको गाडीलाई कोटेश्वरमा चेकजाँचमा बसेको ट्राफिक प्रहरीले रोकेको थियो । त्यस क्रममा प्रहरीले दुव्र्यवहार गरेको बालेनको स्वकीय सचिवालयले जनाएको छ ।
प्रश्रव पीडा र शारीरिक समस्यामा रहेकी सविनामाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दीय भएको बालेनको स्वकीय सचिवालयले उल्लेख गरेको छ ।
शनिबार राती बालेनले सिंहदरबार जलाउने भन्दै स्टाटस लेखेपछि सामाजिक सञ्जालमा बालेनकाे स्टाटस बहसकाे विषय बनेकाे छ ।



















