Dhulikhel Eco Banner new

बालेनले हटाए विवादित फेशबुक पोष्ट

6.11K
shares

काठमाडौं, १७ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले विवादित फेशबुक पोस्ट हटाएका छन् । ‘सिंहदरबारमा आगो लगाउछु’ भन्ने आशयको फेसबुक पोस्ट हटाएका हुन् ।

श्रीमती सविना काफ्ले सवार सरकारी गाडीलाई शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरेपछि ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्ने अभिव्यक्ति दिएका बालेनले सोमबार बिहान पोस्ट हटाएका हुन् ।

बालेनले शनिबार राति लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
बालेनले आफ्नी बिरामी श्रीमती सवार गाडीलाई ७ मिनेटसम्म रोकेको भन्दै सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए ।