Dhulikhel Eco Banner new

केपी ओली मारवाडीका पार्टनर हुन् : दुर्गा प्रसाईँ

4.84K
shares

काठमाडौं, १९ भदौ । व्यवसायी दुर्गा प्रसाईँले, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मारवाडीको पार्टनर भएको आरोप लगाएका छन् ।

मंगलबार हङकङ जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले मारवाडी विरुद्ध आफुले अभिव्यक्ति दिएपछि केपि ओलीले आफुलाई पागल भनेको भन्दै उनी पनि मारवाडीको पार्टनर भएको आरोप लगाएका हुन् ।

‘केपी ओली हजुरवबुवा मारवाडीका पार्टनर हुन् । नेताहरु सबै मारवाडीका पार्टनर हुन् । केही मारवाडीहरु आईजीपीकोमा पनि गएका थिए रे दुर्गा प्रसाईलाई थुन्न प¥र्यो भनेर म हङकङबाट फर्केर आएपछि मैले जानेको छु ।’

उनले प्रत्येकको घर घरमा जाने चेतावनी दिदैँ मारवाडीसंग मिलेर नेताले देश सकेको आरोप लगाए । ‘ललिता निवास खाने यीनै मारवाडी , देशको अर्थतन्त्र सक्काउने यीनै मारवाडी, सुनको, केटीको, सुपारी  र रक्तचन्दनको तस्करि गर्ने सबै यीनै मारवाडी हुन् । कालले छोड्ला तर मैले छोड्नेवाल छैन् । ’ उनले भने ।