कृष्ण बनेका बालक भन्छन्, राधालाई भेटेँ भने माया गर्छु
वि.सं.२०८० भदौ २० बुधवार १८:२४
shares

काठमाडौं, २० भदौ । कृष्ण अष्टमीको अवसरमा पछिल्लो समय आफ्ना बालबालिकालाई राधा र कृष्णको स्वरुपमा प्रस्तुत गर्ने संस्कार बढ्दैछ । कतिपय बाबु आमाले छोराका लागि भगवान कृष्णको जस्तै र छोरीका लागि राधाको जस्तै पोशाक लगाइदिने गरेका छन् ।
बालबालिका आफैंले पनि रहर गरेर कृष्ण र राधाको पोशाक किनिदन आग्रह गर्ने गरेका रहेछन् भने केहीलाई बाबु आमाले किनिदिएका रहेछन् ।
बुधबार कृष्ण मन्दिर परिसरमा भेटिएका राधा र कृष्णको स्वरुपमा प्रस्तुत भएका नानी बाबुलाई हामीले सोध्यौ कृष्ण बन्दा कस्तो लाग्यो ? भेटिएका सबैले रमाइलो लागेको प्रतिक्रिया दिए ।
राधाको गेटअपमा बुबासंग कृष्ण मन्दिर परिसरमा डुल्डै गरेकी प्रिया दाहालले रमाइलो लागेको बताउदै कृष्णसंग भेटन पाए झन रमाइलो हुने बताइन् ।
कृष्णको गेटअपमा भेटिएका रियान्सलाई कृष्ण जस्तै बनेर हिँड्दा निकै रमाइलो लाग्यो । उनी पनि राधासंग भेटन पाए माया गर्छु भन्दै थिए । लेहंगा ठूलो भएकाले आज राधाको डे्स नलगाएको मेक्रिनाको भनाई थियो ।
ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो ।
हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ । धर्मग्रन्थमा उल्लेख भएअनुसार नै आज पाटनको कृष्ण मन्दिरमा पूजा आराधना हुँदै छ ।
हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । विगतका वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो ।



















