खेती गर्ने जमिन घट्यो, मान्छे बढे
वि.सं.२०८० भदौ २१ बिहीवार १३:३८
shares

काठमाडौं, २१ भदौ । नेपालमा खेती गर्ने जमिन घटेको र खेती गर्ने जनसंख्या भने बढेको पाइएको छ । सातौं कृषि गणना २०७८ को तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले यस्तो जानकारी दिएको हो ।
पछिल्लो प्रकाशित विवरणअनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । जुन २०६८ सालको तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हो । अघिल्लो कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेति गरिन्थ्यो ।
नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवार संख्या भने ३ लाखले वृद्धि भएको छ । नयाँ तथ्यांकअनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । २०६८ मा यस्तो परविार संख्या ३८ लाख ३१ हजार थियो ।



















