Dhulikhel Eco Banner new

दिवाकरको फिल्ममा दीपिका र पल मुख्य भुमिकामा

6.88K
shares

काठमाडौं, २१ भदौ । बलात्कार अभियोगमा कैद काटेर आएका पल शाह चलचित्र ‘मायावी’मा अनुबन्धित भएका छन् । दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘मायावी’मा पलले मुख्य भुमिका निर्वाह गर्ने भएका हुन् । नायिकाको रुपमा दिवाकरकै श्रीमती दीपिका प्रसाईले अभिनय गर्ने भएकी छिन् ।

दिवाकरले फिल्ममा पललाई मुख्य अभिनेताका रुपमा भित्र्याइएको बताए । निर्देशक भट्टराईले कृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार ‘मायावी’को घोषणा गरेका थिए ।

फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । फिल्मका अन्य कलाकार र प्राविधिक समय अनुकुल सार्वजनिक गरिँदै जाने निर्देशक भट्टराईले जानकारी दिए । क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।