Dhulikhel Eco Banner new

१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

5.79K
shares

काठमाडौं, २२ भदौ । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋणपत्र बिक्री गर्ने भएको छ । भदौ २४ गते आइतबार बोलकबोल हुने र भदौ २५ गते उक्त ऋणपत्र निष्कासन हुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।

विकास ऋणपत्र २०८६ ‘झ’ नाम दिइएको उक्त ऋणपत्रकोे ब्याजदर बोलकबोलबाट तय हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रको अवधि ६ वर्षको रहेको छ ।

ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेस गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशतले हुने ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।