Dhulikhel Eco Banner new

साहित्यकार राजेन्द्र पराजुलीको निधन

8.05K
shares

काठमाडाैं, २६ भदाै ।  साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको मंगलबार निधन भएको छ । निमोनिया देखिएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पराजुलीका शुक्रराज शास्त्रीको चस्मा (कथा), अघोरी (कथा), कोटेश्वरको केटो (संस्मरण), भ्रष्ट समवेदना (कविता कृति), अनायिका (उपन्यास), सपनामा माक्र्स (कथा), जाडोमा भोक, विकल्प यात्रा (कथा) प्रकाशित छन् । उनका दर्जनाै कथा प्रकाशित छन्, उनले राजधानी दैनिक, नेपाल समाचारपत्र, नागरिक र बाह्रखरी डटकममा काम गरेका छन् । पराजुलीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।