थप कमजोर बन्यो नेपाली रुपैयाँ, कुन देशको विनिमय दर कति ?
वि.सं.२०८० भदौ २८ बिहीवार ०९:३१
6.72K
shares
shares

काठमाडौं, २८ भदौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ ०८ पैसा पुगेको छ भने,युरो एकको खरिद दर १४२ रुपैयाँ २५ पैसा र बिक्री दर १४२ रुपैयाँ ८९ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३१ पैसा र बिक्री दर १६६ रुपैयाँ ०६ पैसा रहेको छ भने,कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



















