Dhulikhel Eco Banner new

कमलाकै अगाडी श्रीमानले भने ‘मेरी बुढी पनि यति राम्री ’

8.67K
shares

काठमाडौं, २५ भदौ । ब्युटिशियन कमला श्रेष्ठ प्रशिक्षण कार्यक्रमका लागि नेपालगञ्जमा थिइन् । उनले नेपालगञ्जमा प्रशिक्षण दिन लागेको कुरा सर्वसाधारणले जानकारी पाइसकेका थिए । उनी नेपालगञ्ज पुग्नु अगाडी नै स्थानिय एफएमहरुले समाचार बजाइसकेका थिए ।

भोलीपल्ट हलमा कार्यक्रम सुरु भयो । सहभागीहरु बन्द हलमा थिए । कमला आफ्ना कुरा राख्दै थिइन् । एकजना महिला हस्याङ फस्याङ गर्दै आइन् र पछाडीबाट हात उठाएर भनिन् ‘म्याम म माथि अन्याय भयो । मेरो श्रीमानले अर्को विवाह गर्नु भयो ।’ कमला मात्रै हैन प्रशिक्षणमा सहभागी अन्यको ध्यान पनि कमला भएतिरै मोडियो । सबै जना तिनै महिलाहरुलाई हेर्न थाले ।

कमलालाई लाग्यो । ‘म प्रशिक्षण दिन आएको मान्छे कहाँ यो श्रीमान श्रीमतीको झगडाको कुरामा फस्न पुगेँ ।’ कमलाले महिलालाई टार्ने हिसाबले भनिन् ‘त्यो विषयमा भरे कुरा गरौंला अहिले बस्नुस् ।’

प्रशिक्षण सकियो । ति महिलाले छोडिनन् । उनी पछि लागिरहिन् । ‘कमलाले भनिन् भरे म बसेको होटलमा आउनुस् ।’ उनले अर्को पनि सर्त राखिन् ‘एक्लै हैन श्रीमानलाई पनि लिएर आउनु ।’

श्रीमानले भने ‘मैले मेरी श्रीमती छोडेको छैन । छोड्न पनि सक्दिन तर, मैले भनेको नमानेकाले पार्टीमा जाँदा गर्लफ्रेण्ड लिएर हिँड्ने गरेको छु ।’

बेलुका श्रीमान श्रीमती संगै आए । ‘हाम्रो लभ म्यारिज हो । मेरो दुई सन्तान छन् । म राम्री भइन भन्दै मेरो श्रीमानले अर्को विवाह गर्न लाग्नु भयो ।’ श्रीमानकै अगाडी ति महिलाले भनेपछि कमलाले श्रीमानलाई सोधिन् ‘तपाइले विवाह गर्नु भएको हो ?’

श्रीमानले भने ‘मैले मेरी श्रीमती छोडेको छैन । छोड्न पनि सक्दिन तर, मैले भनेको नमानेकाले पार्टीमा जाँदा गर्लफ्रेण्ड लिएर हिँड्ने गरेको छु ।’ घरमा श्रीमती हुँदा हुँदै गर्लफ्रेण्ड । कमलालाई श्रीमानको कुरा राम्रो लागेन । एकछिनका लागि न्यायधिस बनेकी कमलाले श्रीमानलाई झपार्न खोज्दै थिइन् । श्रीमानले नम्र भएर भने ‘मैले श्रीमतीलाई एउटा मात्रै कुरा भनेको छु । केही समय आफ्नो लागि पनि देउ तर, मान्दिनन् । त्यहि कारण म पार्टीमा जाँदा गर्लफ्रेण्ड लिएर जान्छु ।’ एउटा सम्भ्रान्त परिवारका दम्पत्तिको कुरा सुनेपछि कमलालाई नमज्जा लाग्यो । अनि श्रीमतीलाई भनिन् ‘तपाई म सँगै काठमाडौं हिँड्नुस् ।’ कमला काठमाडौं आएको केही दिनपछि उनी काठमाडौं आइपुगिन् । उनलाई राम्री बनाउनु थियो । केबल अनुहारमा लिपपोत गरेर मात्रै हुन्थ्यो । खान, हिँड्न, लाउन सब थोक सिकाइन् ।’ महिला इमान्दार थिइन् कमलाले जे भन्यो त्यहि अनुसार गरिन् । पछि श्रीमान उनलाई लिन आए । श्रीमतीको गेटअप देखेर मख्ख पर्दै भने ‘मेरी बुढी यती राम्री हुन पनि त जानेकी रैछ ।’ अहिले उनीहरुको सम्बन्ध राम्रो छ । त्यो सुनेर कमला खुशी हुन्छिन् ।

कमला आफ्नै पार्लरमा थिइन् । अर्का एकजना वृद्ध आए र भने ‘तपाईले मेरो श्रीमतीलाई सम्झाइदिनु प-यो ।’ सम्झाउनु पर्ने कुरा सोधिन् । उनको पनि गुनासोको प्रकृति उस्तै थियो । ‘श्रीमती खाली भजन मात्रै गाएर बस्छिन् । स्मार्ट हुँदै भइनन् ।’

कमलाले श्रीमतीलाई सम्झाइन् । थोरै स्मार्ट हुन सिकाइन् । उनीहरुको पनि घरको समस्या समाधान भयो । कमलाको निष्कर्श छ ‘सौन्दर्य भनेको केबल मान्छे सिंगारिनका लागि मात्रै हैन व्यक्तित्व विकासका लागि पनि हो ।’ सौन्दर्य अनिवार्य आवश्यकता बनिसकेको धारणा राख्ने कमला आफुले थुप्रै डिप्रेशनमा परेका नानीहरुलाई सिप सिकाएर दक्ष बनाएको बताउछिन् । ‘छोरी डिप्रेशनमा गई भन्दै बाबु आमा आउनुहुन्छ ।’ कमलाले भनिन् ।

त्यसरी आउनेहरुलाई सकेसम्म धेरै व्यस्त बनाउन काम सिकाउछिन् । प्रशिक्षण दिन्छिन् । त्यसरी आएकाहरु अहिले सिप सिकेर घरजाम गरेर बसेका छन् ।