Dhulikhel Eco Banner new

कमजोर बन्दै नेपाली रुपैयाँ, कुन देशको विनिमय दर कति ?

5.67K
shares

काठमाडौं, २ असोज । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४१ रुपैयाँ ८६ पैसा र बिक्री दर १४२ रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९० पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा रहेको छ भने,कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।