असोज १० गते देखी जावलाखेलमा ‘वडादशैं जुत्ता चप्पल मेला’ शुरु
वि.सं.२०८० असोज ७ आइतवार १७:३७
shares

काठमाडौं, ७ असोज । ‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीहरुको समूह द्धारा स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुलाई रुची जगाउने उद्देश्यले २०८० असोज १० गते देखी कार्तिक ३ गते सम्म ललितपुर महानगरपालिका अन्तर्गत जावलाखेल खेल मैदानमा जुत्ता चप्पल व्यापार मेला २०८० शुरु हुन गइरहेको छ ।
उक्त मेलामा नयाँ नयाँ डिजाइनका जुत्ता चप्पल आकर्षक मूल्यमा उपलब्ध हुनेछन् । मेला विहान ९.०० वजे देखि वेलुकी ७.०० वजे सम्म खुल्ला रहनेछ । मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल ट्रेडलिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहनेछ ।
यस मेला अवधि भर विषेश छुटको व्यवस्था गरिनेछ । न्युनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइएको छ ।
यस मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएकोछ ।



















