ऋण नतिर्नेको जग्गा धमाधम लिलाम गर्दै नेपाल बैंक
वि.सं.२०८० असोज १० बुधवार १०:५८
6.89K
shares
shares

काठमाडौं, १० असोज । नेपाल बैंक लिमिटेडले आफ्नोबाट ऋण लिएर नतिर्नेहरुको जग्गा लिलामी गर्ने भएको छ । बैंकले भदौको १० गते ३५ दिने सूचना जारी गर्दै अन्तिम मौका रहेको जनाएको छ ।
बैंकले उक्त समयमा ऋण चुक्ता नगरे ऋणीलाई कालोसूचीमा राख्ने समेत बैंकले जारी गरेको ३५ दिने सूचनामा उल्लेख रहेको छ । लिलाम बढाबढमा सबैभन्दा बढि रकम कबोल गर्ने व्यक्तिले कबोल गरेको रकमको १० प्रतिशत नगदै तत्कालै बैंकमा जम्मा गर्नुपर्ने बताएको छ ।



















