नेपाल बैंकद्धारा सीईओका लागि दरखास्त आव्हान, आजवाट आवेदन दिन सकिने
वि.सं.२०८० असोज २१ आइतवार १३:५६
5.76K
shares
shares

काठमाडौं, २१ असोज । नेपाल बैङ्कले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि खुला प्रतिस्पर्धाको आधारमा पदपूर्ति गर्ने भएको छ । एक हप्ता अघि नै आफ्नो कार्यकाल सकेर बैङ्कका तत्कालीन सीईओ कृष्णबहादुर अधिकारी बाहिरिएका छन् । उनी चार वर्षे कार्यकाल सकेर बाहिरिए पछि बैङ्कको सिइओ पद रिक्त छ । बैङ्कले रिक्त रहेको सिइओ पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागेको हो ।
सीईओ पदमा आज मिति २०८/०६/२१ गतेवाट २१ दिनभित्रमा आवेदन दिनुपर्नेछ ।




















