अर्थतन्त्र झन् झन् अप्ठ्यारोमा जाने खतरा छ : प्रधानमन्त्री
वि.सं.२०८० असोज २५ बिहीवार १३:०८
shares

काठमाडौं, २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र गम्भिर अवस्थामा रहेको बताएका छन् ।
‘राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सुधारको लागि बोल्ड डिसिजन लिन आवश्यक भएको बताएका हुन् ।
‘अर्थतन्त्र पक्कै पनि गम्भीर अवस्थामा छ । अलिकति बोल्ड डिसिजन लिनेतिर अगाडि नबढ्ने हो भने हामी झन् अप्ठ्यारो परिस्थितितिर जान सक्ने खतरा छ ।’ उनले भने ।
यसो हुनुमा आन्तरिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय आयामहरु भए पनि निर्णायक चाहिँ नेपाली आफैँ रहेको उनको भनाई थियो । नेपाललाई अब कता र कसरी लैजाने भन्नेमा नेपालको राजनीतिक दलहरूले, अर्थशास्त्री र व्यवसायीहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखे ।



















