Dhulikhel Eco Banner new

‘परदेशी–२’ लाई दर्शकको साथ

6.16K
shares

काठमाडौं, २८ असोज । नेपाली चलचित्र ‘परदेशी २’ले हलमा दर्शकको साथ पाएको छ । शुक्रबारबाट प्रदर्शन सुरु भएको चलचित्रले शनिबार धेरै हलमा हाउसफुल दर्शक पायो ।

नारायण रायमाझी निर्देशित ‘परदेशी–२’ मा प्रकाश सपुन, केकी अधिकारी, वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय रहेको छ । राजेश वंशल र निर्देशक रायमाझी मिलेर यो चलचित्र बनाएका हुन् ।

शनिबार चलचित्रको व्यापार शुक्रबारको भन्दा राम्रो भएको निर्माण पक्षले जनाएको छ । ‘वर्ड अफ माउथ’का कारण चलचित्रले दर्शक बढाउँदै जाने सम्भावना बढेको निर्देशक रायमाझीको भनाई छ ।
‘शनिबार बुटवल, पोखरा, नेपालगञ्ज, चितवनसहित काठमाडौंका हल हाउसफुल भए’ रायमाझीले भने, ‘माउथ पब्लिसिटीले एकदमै राम्रो भइरहेको छ । हिजोभन्दा आज बिहान, बिहानभन्दा दिउँसो, दिउँसोभन्दा बेलुका दर्शक बढेका छन् । भोलिका दिनमा अझ राम्रो हुने विश्वास छ ।’ आइतबार पनि सार्वजनिक बिदा परेका कारण चलचित्रलाई फाइदा हुने देखिन्छ ।

निर्देशक रायमाझी, अभिनेता प्रकाश सपूतसंगै अभिनेत्रीद्धय केकी अधिकारी र वर्षा शिवाकोटी हलहलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् । निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र निर्देशन गरेका थिए ।