Dhulikhel Eco Banner new

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा नलगाड नगरपालिकालाई ५ लाख बराबरको कंमल सहयोग

4.2K
shares

काठमाडौं, २४ कात्तिक । । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट नलगाड नगरपालिका, जाजरकोटलाइ ५ लाख बराबरको न्यानो कंमल सहयोग गर्ने भएको छ । प्राकृतिक विपत्तिले निम्त्याएको यो कठिन घडीमा हामी सम्पूर्ण पिडित र शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने हौसला मिलोस् भनेर कामना कम्पनीले गरेको छ ।

जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार कार्यमा आ आफ्नो तरिकाले सक्दो साथ र सहयोग गरिदिन अनुरोध पनि गरेको छ । भूकम्पमा परि ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइते भएकाहरूलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।