Dhulikhel Eco Banner new

राज्य नभएको अनुभुति भयो, ऋण तिर्दिन भन्नेलाई कार्बाही हुनुपर्छ

8.76K
shares

काठमाडौं, ८ मंसिर । नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रको एक रिपोर्ट सार्वजनिक गर्यो । त्यो रिपोर्ट हेरेर लघुवित्त क्षेत्रमा कारोबार गर्नेहरु निकै निराश छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टले लघुवित्त क्षेत्रमा ठूलै समस्या छ,लघुवित्तले दुःख दिएका छन् भन्ने बुझिन्छ । लघुवित्त बैंकर्स संघका पूर्व अध्ययक्ष बसन्तराज लम्साल समग्रमा हेर्दा लघुवित्त मात्रै नभई सबै आर्थिक क्षेत्रमा त्यति राम्रो नरहेको बताउँछन् । उनै लम्सालसँग गरिएको कुराकानीको सम्पादित अंश :

लघुवित्त वित्त क्षेत्रको अवस्था कस्तो छ ?
अहिले त्यति राम्रो छैन । समग्रमा हेर्दा लघुवित्तमा मात्रै नभई सबै आर्थिक क्षेत्रमा त्यति राम्रो देख्दिन । देशको आर्थिक अवस्था नै चलायमान भइरहेको छैन । सामाजिक सञ्जालमा, रेडियो र पत्रपत्रिकामा पछिल्लो समय धेरै नकारात्मक कुराहरु आइरहेको छ । त्यसले गर्दा पनि चुनौतिहरु थपिएको छ । त्यसले म समग्र वित्तीय प्रणालीमा अलिकति अप्ठ्यारो देख्छु ।

राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको रिपोर्टले त लघुवित्त क्षेत्रमा ठूलै समस्या छ, लघुवित्तले दुःख दिएका छन् भन्ने बुझिन्छ के लाग्छ तपाईलाई ?
फिल्डमा हेर्दा कहिँ कतै दुःख दिएको भन्ने कुराहरु आएका छन् । ग्राहकहरुले भन्ने स्वभाविक कुरा पनि हो । हामी फेरि व्यक्तिको स्वभाव के हुन्छ भने । अरुले गरेको अवगुणहरु अरुले गरेको समस्याहरु बढि देख्छौं । आफ्नो जिम्वेवारी हो कि होइन भन्ने कुरा पनि गर्छौँ । ऋणको दुरुपयोग भयो ल्यन्डिङ बढि भयो भन्ने खालका कुराहरुपनि आइरहेका छन् । हामीलाई मल्टीपल ल्यान्डिङ भएर समस्या भएको चाहिँ हो । त्यो पनि कसको कारणले हो ? एउटा मात्रै संस्था एउटा मात्रै दलले भुमिका खेल्छ त भन्ने विश्लेषण गर्न जरुरी छ । कसरी भयो त मल्टीपल ल्यान्डिङ ? एउटा डाटावेश सिस्टम नै थिएन । एउटा ऋणीलाई अर्कोबाट ऋण लिएको छौं कि छैनौं भन्दा छैन भनेपछि ऋण दियो । व्यक्तिको पनि जिम्वेवारी होला नि उसले ५ लाखसम्म लिन पाउँछ भनेपछि त व्यक्तिले आफ्नो ऋणको बारेमा आफुले भन्नु पर्यो नि । डाक्टरकोमा गएर मैले आफ्नो समस्या भन्नु त मेरो जिम्वेवारी हो नि त । व्यक्तिले सूचना दिँदा अर्को भन्यौं भने समस्या हुन्छ । व्यक्तिले ७ पटक माग्दा हामीले नदिँने ? लघुवित्तले पनि भेरिफाइ गर्नुपर्यो कसरी गर्ने डाटावेश थिएन । कर्जा सुचना सुरक्षा प्रणाली थिएन । भर्खरै आएको एक डेढ वर्ष त भयो त्यो आएको ।
सहरी एरियामा लघुवित्त फोकस भन्ने आएको छ किन भयो त ? यसका नितीगत कुराहरु के छन् त ? निती मानेर फोकस भएकी निती नमानेर हामीले ति कुरा हेर्नुपर्छ । समग्रमा लघुवित्त क्षेत्रमा हामीले आफ्नो जिम्वेवारी लिनुपर्छ । दुर्गममा लघुवित्त गएन भन्ने कुरा नितीगत कुरा पनि होला । जस्तो उदाहरण दिने हो भने ७५३ स्थानीय निकायमा कमर्सियल बैंक लैजाने भनेर राष्ट्र बैंकले निर्णय गर्यो २/३ वर्ष अगाडी । अहिले ७५२ मा पुग्यो त्यो नितीले हो नि त । हामीले अहिले भन्छौं १०० वटामा लघुवित्त पुगेका छैनन् त्यस्तै निती लिएको भए पुगिन्थो होला नि । लघुवित्तको कमिकमजोरी छ । त्यससँग जोडिएका पाटहरु चाहे सदस्यको कुरा होस चाहे नियमनको कुरा होस् । यसमा समस्या भएर लघुवित्तमा समस्या देखिएको जस्तो मलाई लाग्छ ।

लघुवित्त वित्तीय संस्था भनेका बिना धितो ऋण प्रवाह गर्ने जो सामान्य पैसा लिएर उद्यमशिल बन्न लगानी गर्ने हो तर त्यो रिपोर्टले के देखिन्छ भने एउटा व्यक्तिले ५० लाख भन्दा बढि १७ वटा संस्थाबाट ऋण लिएको देखिन्छ त्यसलाई त सामान्य मान्न सकिन्छ र ? सकिदैन । तर किन भयो त ? लघुवित्तले थाह पाइ पाइ, देखि देखि गरेमा लघुवित्तलाई कारबार्ही गर्नुपर्यो ।

लघुवित्तको कारोबार बढाउन ब्रान्च खोल्छ । ब्रान्च खोलेपछि ऋण लगानी गर्नुपर्छ । ऋण लगानी गर्ने नाममा त्यहाँको ब्रान्च मेनेजरले प्रेसरले ऋण लिन लगाउँछ ?
त्यो गलत । प्रेसर दिएर ऋण बढाउँनुपर्ने कुरा हाेइन । व्यक्तिले १७ वटा संस्थाबाट ऋण लिनुपर्ने अवस्था कसरी आयो ? हामीले पुर्वाधार के बनायौं त ? त्यसलाई कन्ट्रोल गर्ने कुरा पनि महत्वको कुरा हो । नियमनमको कुरा त भइनै हाल्यो । त्यतिका ऋण एकै दिनमा दिएको त होइन होला नि ? लघुवित्तलाई यो किन हेरिनस् भनेर कारवाही गर्ने कुरा पनि होला नि त । रेकर्ड नै छैन भनेदेखि त कमै थाहा हुन्छ । एउटा नागरिकले ५ वटा नागरिकता लिएको देखिन्छ । कसले कारवाही गर्ने ? सिडीयोलाई कार्वाही गर्ने कुरा त भएन । ५ वटा सिडीयोले ५ वटा नागरिकता दिएको छ कार्वाही भएको छ ? छैन किनकी हामीसँग डाटावेश नै छैन । लघुवित्त संस्थाहरु फ्रन्ट लाइनमा दोषि देखिएको छ । केही कमजोरी छ पक्कै पनि हो । हामीलाई गाइड कसरी गरियो भन्ने कुरा मैले नियमन संस्था कै पदाधिकारीहरुबाट सुनिरहेको थिएँ । मैले लघुवित्त संस्थाहरुले सबै राम्रो गरे ठिक हो भनेर भनिन लघुवित्त संस्थाहरुका थुप्रै समस्याहरु भए । हाम्रो जथाभावि ब्रान्च ओपन गर्ने कुराहरु भयो तर त्यो हुँदै गर्दा त्यो पछाडीका नितीहरुसँग फ्रन्ट लाइनमा बस्न सदस्यहरुको पनि जिम्मेवारी हुन्छ । जहाँ नितीगत कुराले ठुलो प्रभाव पार्छ । १५ प्रतिशत ब्याजदरको क्याप लगाएपछि एउटा लघुवित्तको सिईओले अथवा म्यानेजमेन्ट टिमले ब्रान्च कहाँ खोल्छ त ? डोल्पा, मुगुमा खोल्छ कि चितवन सुनसरीमा खोल्छ ? कस्ट जहाँ कम हुन्छ त्यतै जान्छ । त्यसैले डोल्पा मुगुमा त जादैन त्यसैले हाम्रो नितीगत कुरा के हुनुपर्ने हो भने छुट्टै व्याजदर हुनुपर्यो कि छुट्टै सुविधा दिनुपर्छ ।

अपरेटिङ कस्टका कारण लघुवित्त बढि शहरीकरण भएको हो ?
हो । त्यो एउटा पक्ष हो । १५ प्रतिशतमा मुगुमा गएर एउटा लघुवित्तले काम गर्छ ? कि त भावनात्मक भएर फाइदा होइन खर्च भए हुन्छ भनेर जानुपर्यो । अहिले हेर्नु त लघुवित्त संस्थाप्रति सबै नेगेटिभ छ । सबै ब्याजदर र एनपीएलको कारण हो । हामी आफैमा जिम्मेवार हुनुपर्ने पनि होला । हामी गैरजिम्मेवार भएर जे पनि गर्दै हिड्ने हो त होइन ।

अब अलि सहज होला ? अनुमान गर्न सकिन्छ ?
रिपोर्टमा एकदमै सकारात्मक कुराहरु आएका छन् । ब्याजदर बेसरेटको आधारमा जाने भनेर लघुवित्त बैंकर्स संघले पहिल्यै भनेको थियो । क्यापिटल रिक्वेस्ट एकदमै राम्रो भएको छ । प्रोभिजनको इस्युहरुले अलिकति असर गर्छ किनभने संस्थाहरु कसरी चल्छ भन्ने कुरा पनि हेर्नुपर्छ होला । रिपोर्टमा रिसोर्सको कुराहरु गरिरहेको छ । धेरै सकारात्मक कुराहरु छ तर अझ कता कता सबैभन्दा खराब लघुवित्त मात्रै हो भन्ने भाङ आइरहेको देख्छु । समस्या हुँदै जाँदा हाम्रो जिम्मवारी कति छ भन्ने पनि हुन्छ । सरकारको कुरा गर्ने हो भने पछिल्लो चरण २० लाख भन्दा अथाह गाली गर्दै सडकमा आएका छन् । त्यहाँ राज्यले बोल्नु पर्दैन ? राज्यको कही भुमिका छैन ? राज्यको उपस्थिती खै त ? राज्यले एक्सन लिनुपर्छ । २० लाखसम्म मिनाह दिने हो त राज्यले ? दिने हो भने दिन्छौं तिर्न पर्दैन भन्न पर्यो । राज्यको तर्फबाट राज्यले जिम्मेवारी बिर्सिन्छौं । लघुवित्त संस्थाले सजिलोसँग ऋण दिनाले अप्ठेरो अवस्थामा परिरहेका छन् । हाम्रो पनि करेक्सन गर्ने कुराहरु धेरै छन् । हामी सोसल सर्भिस भएन भन्दै गर्ने अनि नाफा प्रतिशत धेरै देखाउँने भनेर सर्वसाधरणले भन्दै आएका छन् ।

यसपाली धेरैको ब्यालेन्ससिट घटेर आएको छ ?
होइन अब लघुवित्त संस्थाहरु चल्दै नचल्ने अवस्था छ । अब केही संस्थाहरु बाहेक दिगो रुपमा चल्दै चल्दैन । दुईवटा कारण । एउटा त ब्याजदर नै हो । तपाईले १२÷१३ प्रतिशतमा लिएर १५ मा लगानी गर्ने सम्भावना नै छैन । अर्को एनपीएलको कुरा हो । लोन एकदमै बढिरहेको छ । त्यसलाई पोभिजन गर्नुपर्ने छ त्यसले पनि अर्थतन्त्रमा प्रभाव परेको छ । ब्याजदर त राष्ट्र बैंकको पछिल्लो सकारात्मक पक्ष भने । ऋण नतिर्ने कुरा मन्दीले ल्याएको हो । मन्दीमा खेल्नखोज्ने मान्छेहरुको हो । राज्य निहीतको अवस्था देख्छु मैले ।

७ गतेको दुर्गा प्रसाईको आन्दोलनले वित्तीय क्षेत्रलाई कस्तो असर पार्छ ?
वित्तीय संस्थालाई कसरी लैजाने यसको रेगुलेसन कसरी गर्ने सरकारको कुरा हो । लघुवित्तलाई प्राइभेट सेक्टरमा लगेर कर्पोरेट बनाएर डि क्लासमा दर्ता सरकारले नै गराएको हो । सरकारको प्रतिनिधी संस्था राष्ट्र बैंकले गरेको हो । सरकारको निति कसरी हुन्छ यसलाई यत्तिकै गयो भने झन भद्रगोल अवस्था आउन सक्छ । यो ठिक भएन भनेर मेकानिजम गर्यो भने अरु तरिकाले यो सुर्धन सक्छ । यो समयले ल्याएको कुरा हो मन्दिको कारणले मान्छेलाई अप्ठ्यारो परेको छ यस्तो बेला तैले ऋण तिर्नु पर्दैन भनेपछि मान्छे पछि लागेर गएको अवस्था हो । आर्थिक रुपले सफल हुदैँ गए त यो पछि लाग्नु हुदैन तिर्नुपर्छ भन्ने मानसिकता पनि हुन्छ होला । धेरै क्लाइन्टहरुमा यो एक्सन अल्पकालिन कुरा हो दीर्घकालमा त हामीले पैसा तिर्नै पर्छ भन्ने अधिकांशको छ । १, २ प्रतिशत मानिसहरु तिर्र्नु पर्दैन भन्ने भ्रममा छन् ।