Dhulikhel Eco Banner new

राष्ट्र बैंकको सहायक सूचना अधिकारीमा डा. आचार्य

50.74K
shares

काठमाडौं, ८ मंसिर । नेपाल राष्ट्र बैंकको सहायक सूचना अधिकारीको जिम्मेवारी उप-निर्देशक डा.भागवत आचार्यले पाएका छन् । यस अघि पनि सहायक सूचना अधिकारी भइसकेका उप-निर्देशक आचार्य गभर्नर कार्यालय, बालुवाटारमा कार्यरत छन् ।

राष्ट्र बैंक व्यवस्थापनले उनलाई सहायक सूचना अधिकारीको जिम्मेवारी दिइएको आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरेको छ । राष्ट्र बैंककाे प्रवक्ता डा. गुणाकर भट्ट नै छन् भने सहायक प्रवक्ता एवं सूचना अधिकारीकाे जिम्मेवारीमा डा. डिल्लीराम पाेख्रेल रहेका छन् ।