Dhulikhel Eco Banner new

नेपालबाट बाहिरिने भयो एनसेलको लगानीकर्ता आजियाटा

15.51K
shares

काठमाडौं, १३ मंसिर । नेपालको पहिलो निजी दूरसञ्चार सेवा कम्पनी एनसेल आजियाटा लिमिटेडले नेपालबाट आफ्नो लगानी फिर्ता लैजाने भएको छ । कम्पनीले आर्थिक चुनौती देखिएको भन्दै आफ्नो लगानी फिर्ता लैजाने भएको हो ।

बुधबार एक सूचना जारी गर्दै कम्पनीले आफ्नो स्वामित्वको सेयर बेचेर बाहिरिने बताएको छ । यसका लागि नेपालका नियामक निकायहरुलाई समेत जानकारी गराइसकेको छ ।

यो निर्णयले आजियाटालाई थप मजबुत बनाउने र दीर्घकालीन रुपमा लगानीकर्तालाई फाइदा हुने कम्पनीको विश्वास छ । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ ।