Dhulikhel Eco Banner new

रिभर फल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

7.05K
shares

काठमाडौं, १० जेठ । रिभर फल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । रिभरले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि रिभर फल्स पावर र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।

सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठज्यूले र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीज्यूले हस्ताक्षर गरेका छन् । जेठ ९ गतेदेखि लागू हुने गरी रिभर फल्स पावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले रिभर फल्स पावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ । कम्पनीले वैशाख २८ देखि जेठ ४ गते सम्म सर्वसाधारणलाई प्राथमिक शेयर निश्कासन गरी जेठ ९ गते बाँडफाँड सम्पन्न गरेको थियो ।